‘सुन तस्करका ठुला माछा प्रधानमन्त्री त होइनन् ?’

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३३ क्विन्टल सुन तस्करीका ठूला माछाबारे प्रश्न गरेका छन् ।

संसद बैठकमा बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै सांसद सुवालले सुन तस्करीमा ‘ठूला माछा र साना माछा’ भनेर जिम्मेवार व्यक्तिको अभिव्यक्तिले आशंका जन्माएको बताए ।

Advertisement

उनले ‘ठूला माछा भनेको प्रधानमन्त्री नै त होइनन्’ भनेर कटाक्ष समेत गरे । उनले कोसी, गण्डक र कर्णालीलगायतका सम्झौता खारेज गरी नेपाली आफैंले बनाउनुपर्ने बैठकमा बताए ।

More News last news
Loading...