काठमाडौं । संघीय समाजवादी फोरमले आफ्नो भागमा परेका २ जना मन्त्री र एक राज्यमन्त्रीको नाम विहीबार टुंगो लगाउन सक्ने बताईएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएकाले उनले केही नेताहरुसँग परामर्श गरेर नाम टुंगो लगाउने फोरमका नेताहरुले जानकारी दिएका छन् ।
अध्यक्ष यादवले नामका बारेमा आन्तरिक गृहकार्य र परामर्श गरिरहेको पनि नेताहरुले बताएका छन् । फोरमले स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालयमा दुईजना मन्त्री र एकजना राज्यमन्त्री पाएको छ ।
मन्त्री बन्नेको सूचिमा नेताहरु रामसहाय यादव, मोहम्मद इस्तियाक राइन, रेणुकुमारी यादव, राजेन्द्र श्रेष्ठलगायतको नाम चर्चामा छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
