काठमाडौं । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ ।
निर्वाचन आयोगमा यसअघि नामको तल अण्डरलाइन गरेर दर्ताका लागि निवेदन दिएको थियो । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी पहिला नै दर्ता रहेको र अण्डरलाइन गर्दा गलत नजिर बस्ने भन्दै सच्याउन आग्रह गरेको थियो।
आयोगको सुझावपछि नेकपाले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएर आयोगको दर्ता गर्न लागेको हो।
निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नामको दल पहिल्यै दर्ता भएकाले नाम फेर्न धेरैतिरबाट सुझाव आएकाले नाम संशोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्नेगरि आयोगलाई पत्राचार गरिएको प्रमुख सचेतक गुरुङले जानकारी दिए ।
निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टीको नाममा ऋषी कट्टेल अध्यक्ष रहेको दल यसअघि नै दर्ता भैसकेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
