काठमाडौँ । अहिलेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित प्रायः चर्चामा रहिरहनेमध्येमा पर्छन् । सम्पति विवरण सार्वजनिक भएपछि पछिल्ला दिनमा उनको नकारात्मक चर्चा बढेपछि उनलाई प्रष्टिकरण दिँदादिँदा हैरानै भैसकेको छ ।साइकल चढ्ने मन्त्री भन्दै उनको सादा जीवनको निकै चर्चा भयो । टेम्पो चढेर यात्रा गरेको तस्बिर त भाइरल नै बनेको थियो ।
यस अगाडि मन्त्री हुँदा र अहिले मन्त्री हुँदा अस्वाभाविक सम्पत्ति बढेको देखिएपछि त्यो पैसा कहाँबाट आयो भन्ने प्रश्नको सामना गर्न मन्त्री पण्डितलाई भारी परेको छ । पछिल्ला दिनहरूमा अन्तरवार्ता र भाषणमा यही सम्पत्तिको फण्डा सुल्झाउन उनलाई हम्मे हम्मे परेको छ ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अतिथि रहेका पण्डितले आफ्नी पत्नीको विवाह उमेर ढल्किसकेपछि भएको सुनाउँदै पत्नीले माइतीबाट पेवाको रूपमा सम्पत्ति पाएको बताएका छन् ।
लालबाबु विस्तारै साइकल र टेम्पोको फण्डाले फस्दै गएका त हैनन् ? भन्ने प्रश्न उब्जिएको छ । लालबाबुलाई धेरैले सोझा र इमान्दार भन्दै आएका छन् त्यो मत अझै डगेको छैन । तर शंका गर्नेहरू भने बढेका छन् ।यो भिडियो हेर्नुस्ः
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
