काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले ल्याएको बजेटलाई सत्तासिन कम्युनिष्ट पार्टीका कार्यकर्तालाई भरणपोषण गर्ने रणनीति लिएको बताएको छ ।
आज नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको वैठकले बजेट आम नागरिकको आशा अनुरुप आउन नसकेको भन्दै यस्तो ठहर गरेको हो । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणद्धारा जारी बिज्ञप्तिमा भनिएको छ,‘बजेट आम नागरिकको आशा अनुरुप आउन सकेन ।
यसले स्पष्ट प्राथमिकता सहित योजनाबद्ध रुपमा आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने अवसर गुमाएको छ । स्रोत साधनले धान्न सक्ने भन्दा प्राथमिकता विहिन कार्यक्रमको फेहरिस्त प्रस्तुत गरेको छ । स्रोत साधनका लागि वाह्य निर्भरता थप बढ्ने देखिन्छ ।’ यस्तै बजेटले निजी क्षेत्रको लगानी हतोत्साही गर्ने उद्देश्य बजेटले राखेको पनि काँग्रेसले बताएको छ ।
यसैगरी बजेटले नेपाली जनतालाई कर र ऋणको बोझ बोकाएको र सत्तासिन आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने रणनीति लिएको आरोप समेत काँग्रेसले लगाएको छ । बैठकमा बजेट सम्बन्धी बिभिन्न बिज्ञहरुले आ–आफ्नो धारणा राखेका थिए ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
