कांग्रेस नेता गिरिजाले हिन्दूराज्य र राजा नमान्दा आज कांग्रेस खोक्रो भयो (भिडियो)

२०१४ देखि कांग्रेस राजनीतिमा सक्रिय कास्कीका तारानाथ रानाभाट मन्त्री र सभामुख हुँदा मात्रै होइन, त्योअघि पनि चर्चामै थिए । पञ्चायकालमा विद्रोहीका रूपमा चिनिएका उनलाई कांग्रेस नेताहरूले नै ‘कि जीवनभर जेलमा सडाउँछन् कि मारिन्छ’ भन्ने गर्थे । पञ्चायतविरुद्ध लागेको आरोपमा उनी मात्रै होइन, परिवारका नौजना जेल परे ।

निडर नेता रानाभाट बहुदल आएपछि २०४८ मा पहिलोपटक कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भए । दोस्रोपटक पनि त्यही मन्त्रालय सम्हाले । ०५८ मा सभामुख बनेका रानाभाटले राजदरबार हत्याकण्डको प्रतिवेदन संसद्मा प्रस्तुत गरेसँगै उनको राजनीति ओरालो लग्यो तर पनि कांग्रेस भित्र नै बसेका छन् ।

Advertisement

उनै पूर्वसभामुख एवम् कांग्रेस नेता तारानाथ रानाभाटसँग माउन्टेन टेलिभिजनको कार्यक्रममा प्रस्तोता प्रकाश गिरीले हाल फरक ढंगले अघि बढिरहेको नेपालको राजनीति । दुई वाम पार्टी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । प्रमुख प्रतिपक्ष नेपाल काँग्रेस अहिले सम्मको कम्जोर स्तिथिमा छ भन्ने गरिएको छ । काँग्रेस अहिले कम्जोर छ भने के कारणले कम्जोर छ ?

चुनावमा भोगेको पराजयनै कम्जोर हुनुको प्रमुख कारण हो कि हार पछि पनि सुध्रन सक्ने अवस्थामा पुग्नु मुख्य कारण हो ? सँगै नेतृत्व परिवर्तन र युवाहरुलाई जिम्मेवारी दिने कुरामा पनि काँग्रेसमा ठुलो बहस भईरहेको छ । नेपाली काँग्रेसमा उठेको निराशापन र कमजोरी को कारण के हो ? लगायत बिषयमा केन्द्रीत रहेर रानाभाटसँग गरेको कुराकानीको भिडियो :

More News last news
Loading...