केन्द्रबाट कति बजेट आयो तपाईंको स्थानीय तहमा ? (विवरण सहित)

काठमाडौँ । सरकारले प्रदेशलाई १ खर्ब १३ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब ९५ अर्ब ५ करोड रुपैयाँ बजेट छुट्याएको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५र७६ को आयव्ययको विवरण प्रस्तुत गर्दैे उक्त बजेटको घोषणा गरेका हुन्।

Advertisement

छुट्याइएको बजेटमध्ये सबैभन्दा धेरै बजेट प्रदेश १ ले पाएको छ भने सबैभन्दा कम बजेट प्रदेश ४ लाई छुट्याइएको छ।

यो वर्ष महानगरपाालिकाहरुले ६ अर्ब ७१ करोड रुपैयाँ बजेट पाएका भने उपमहानगरपालिकालाई ८ अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ। नगरपालिकाहरुले ८८ अर्ब ३४ करोड रुपैयाँ बजेट पाएका छन्।

गाउँपालिकाहरुलाई ९१ अर्ब ९५ करोड बजेट पाएका छन्।

More News last news
Loading...