काठमाडाैं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने सहमति भएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबबीच सरकारमा सहभागी हुन २ बुँदे सहमति भएको छ ।
फोरम शहरी विकास मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार उपेन्द्रलार्इ शहरी मन्त्री बनाउने पनि प्रचण्ड-अोली तयार रहेका छन् । त्यसैगरि फोरमलार्इ स्वास्थय मन्त्रालय पनि दिने सहमति भएको छ ।
प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने क्रममा संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा गरिने सकरात्मक जवाफ दिएपछि सरकारमा जान यादव सकारात्मक बनेका थिए ।
प्रचण्ड र ओलीसंगको छलफलपछि फोरमका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा राखेको संशोधन आईतबार फिर्ता लिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
