नेकपा र समाजवादी फोरमबीच सहमति, फोरम सरकारमा जाने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा जाने भएको छ।

सत्तारुढ दल नेकपा र संघीय समाजवादी फोरमबीच सोमबार भएको दुई बुँदे सहमतिमा फोरमले उठाएका संविधान संशोधन लगायतका विषय सरकारले पूरा गर्ने र फोरम सरकारमा सहभागी हुने उल्लेख गरिएको छ।

Advertisement

यो सहमतिसँगै अब दुई नम्बर प्रदेशमा पनि फोरम र नेकपाको सरकार बन्ने सम्भावना बढेको छ। आइतबार नेकपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

More News last news
Loading...