नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न

काठमाडौं, जेठ १० : तत्कालीन  नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक सकिएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी सञ्चालनका विविध पाटामा छलफल भएको छ । निर्वाचन आयोगमा दल दर्ता गर्न सबै केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर जुटाइने काम पनि भएको पार्टीले जनाएको छ । साथै पार्टीले सुशासनलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ ।

Advertisement

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रदेखि स्थानीय तहसम्म पारदर्शी ढंगले अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरेका छन् । उनीहरुले केन्द्रबाटै भ्रष्टाचार नगर्ने र स्थानीय तहसम्म यसलाई कार्यान्वयनमा लैजाने बताए । नेकपामा ४४१ जना केन्द्रीय सदस्य रहेका छन् ।

More News last news
Loading...