काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अवसर नपाएर मात्र क्षमता प्रदर्शन गर्न नसकेको बताएका छन् ।
बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको टान कान्तिपुर हिसान एडुकेसन फेयरमा बोल्दै प्रधानमन्त्री ओलीले युवा क्रिकेटर सन्दीप लामिछानेको उदाहरण दिँदै ओलीले क्षमताको सही पहिचान भए नेपालीले विश्वमा नाम चम्काउन सक्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘दुई चार डल्ला के फ्याँक्न पाएको थियो सन्दीप लामिछाने चम्कियो ।
सन्दीपले क्रिकेटमा चमत्कार गरेका छन्’, उनले थपे, ‘उनलाई गायन वा चित्रकलामा लगाएको भए हुँदैनथ्यो ।’ नेपालमा क्षमतावान युवाहरूको कमी नभएको दावी गर्दै उनले भने, ‘दुनियाँले हन्टिङ गरिरहोस् हामी सन्दीप लामिछाने उत्पादन गरिरहन्छौँ ।’ओलीले बालबालिकालाई क्षमता र रुचीअनुसारको शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।
उनले कुनै विद्यार्थीलाई पनि असक्षम भनेर ट्याग लगाउने नहुने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
