काठमाण्डौ । केही दिनअघि मात्रै नेपाल कम्युनिष्ट पार्टीको नाममा कम्युनिष्ट दल गठन भएको छ । त्यही कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । सरकारमा रहेका सबै मन्त्रीहरु पनि कम्युनिष्ट नै हुन् । मन्त्रीहरुले सम्पत्ति विवरण सार्जजनिक गरेपछि विभिन्न तर्कहरु दिन थालिएको छ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग पैसा नभएको भन्दै गएको चुनावमा देश विदेशबाट चन्दा संकलन गरिएको थियो । तर अहिले सम्पत्ति विवरणमा भने उनीसँग प्रशस्तै धन सम्पत्ति भएको खुलासा भएको छ।
सम्पत्ति विवरणमा पण्डितले सवारी साधनका नाममा आफूसँग एक थान पुरानो साइकल रहेको उल्लेख गर्दै अरु सवारी साधन नभएको भनेर गरिब देखिन खोजेका छन्।
तर उनीसँग लाखौँ रुपैयाँ बैँक व्यालेन्स, घर, जग्गा, सुन लगायतका सम्पत्ति रहेको छ। पण्डितले विराटनगर एक कठ्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नी विमलाको नाममा ४ आना जग्गा रहेको उल्लेख गरेका छन्।
उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ । उनी र श्रीमतिका नाममा बैंक तथा वित्तीय संस्थामा ५५ लाख रुपैयाँ मौज्दात छ।
अझ रोचक त के छ भने पण्डितले दुई वर्ष अघि मन्त्री बन्दा देखाएको सम्पत्ति र अहिलेको सम्पत्तिमा मेल खाँदैन।
उनले २०७२ सालमा मन्त्री हूँदा पेस गरेको सम्पत्ति विवरणमा सर्लाहीको धनगढा–६ मा १२ कट्ठा जग्गा रहेको उल्लेख गरेका थिए। तर, त्यो अहिलेको सम्पत्ति विवरणमा छैन।
सर्लाहीकै बसबरियामा चार बिघा पैतृक सगोलको जग्गा छ । उनीसँग विराटनगरमा एक कट्ठा जमिनमा पाँचकोठे पुरानो घर छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
