स्थायी कमिटी सदस्य छनोटप्रति झलनाथ खनाल फायर !

काठमाडौं । पार्टी एकतापछि मर्यादा क्रममा पछाडि पारेको गुनासो गर्दै आएका नेकपाका नेता झलनाथ खनालले स्थायी कमिटी सदस्य छनोटमा समेत असन्तुष्टि जनाएका छन् ।

एमाले र माओवादी एकीकरणपछि बनेको नेकपामा ४५ सदस्यीय स्थायी समिति बनाउने निर्णय भएको थियो । जसमा तत्कालिन एमालेका तर्फबाट २६ र माओवादीका तर्फबाट १९ सदस्य समेटिनेछन् ।

Advertisement

नेकपाको नौ सदस्यीय सचिवालयले स्थायी कमिटीलाई पूर्णता दिने तयारी गरिरहेको छ । यसैक्रममा तत्कालिन एमालेका तर्फबाट रघुजी पन्त, रघुवीर महासेठ, बेदुराम भुषाल र विष्णु रिमाललाई स्थायी कमिटीमा लैजाने निर्णय भएको नेता बेदुराम भुषालले बताए ।

यो निर्णयप्रति नेता खनालले असन्तुष्टि जनाएका हुन् ।

More News last news
Loading...