नेपाली जनतालाई राष्ट्रवादको पाठ पढाउन आवश्यक छैन्ः शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई राष्ट्रवादको पाठ पढाउन आवश्यक नरहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सदनमा बोल्दै देउवाले राष्ट्रवादबारे पानाको पाना पाठ पढाउन आवश्यक नभएको भन्दै सबैले सीमा रक्षा गरेर बसेको समेत उल्लेख गरे । ‘हिमालको जनता होस् अथवा पहाडको अथवा मधेशको सबैले सीमा रक्षा गरेर बसेका छन्,’ देउवाले भने, ‘राष्ट्रवादको पाठ पढाउन आवश्यक छैन।’

Advertisement

संविधानलाई सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै देउवाले भने, ‘हामीले संविधान संशोधनको प्रयास गर्यौं तर सफल भएन। यो सरकारले सर्वस्वीकार्य बनाउनु पर्ने थियो।’

सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको दाबी देउवाले गरे। नीति तथा कार्यक्रममा राजनीतिक आन्दोलनका उपलब्धीलाई नजरअन्दाज गर्न खोजिएको आरोप देउवाले लगाए।

सम्बोधनको सुरुमै राष्ट्रपतिले ‘सम्माननीय’ शब्दको उचारण नगरेकोप्रति व्यंग्य गर्दै देउवाले भने, ‘राष्ट्रपतिले सम्मानीय नभने पनि म सम्मानीय सभामुख भन्छु।’

More News last news
Loading...