काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई सरकारले महत्वपूर्ण जिम्मेवारी दिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेता गौतमलाई विकास निर्माण प्राधिकरणको जिम्मा दिन लागेका हुन्। सरकारले निकट भविष्यमै शक्तिशाली विकास निर्माण प्राधिकरण गठन गर्दैछ।
यसअघि तत्कालिन एमालेका उपाध्यक्ष रहेका गौतमले बर्दियाबाट संसदीय चुनाव हारेका थिए। त्यसपछि उनी भूमिकाविहीन जस्तै बनेका छन् । जिम्मेवारीका हिसाबले पार्टीमा पनि उनको परिभाषित काम छैन्।
त्यसैले गौतमले विकास र समृद्धिको क्षेत्रमा रुचि देखाएका छन्। गौतमको सोही रुचि बमोजिम प्रधानमन्त्री ओलीले कार्यकारी नेतृत्व दिने गरी प्राधिकरणको जिम्मेवारी दिन लागेका हुन्।
ओलीसँगै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि गौतमलाई प्राधिकरणको जिम्मेवारी दिन सहमत भएको स्रोतले बतायो। पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले गत पुषमा नेपाल नवनिर्माण महाअभियान नामक पुस्तक समेत प्रकाशित गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
