भारतले विराटनगरमा खोलेको फिल्ड अफिस बन्द गर्ने

काठमाडौँ । भारतीय विदेश मन्त्रलयले सोमबार जारी गरेको प्रेस ब्रिफिङका अनुसार नेपालको विराटनगरमा खोलिएको फिल्ड अफिस बन्द गर्ने निर्णय गरिएको छ।

मन्त्रालयको वेबसाइटमा प्रकाशित प्रेस ब्रिफिङ अनुसार विराटनगरको फिल्ड अफिस हटाउनुका साथै त्यहाँ कार्यरत कर्मचारीहरुको सरुवा समेत भइसकेको छ।

Advertisement

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारका अनुसार २००८ मा कोशीमा बाढी गएको बेला सहयोग गर्नका लागि खोलिएको फिल्ड अफिसको औचित्य समाप्त भएकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको र सो बारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीलाई जानकारी समेत गराइसकिएको छ।

More News last news
Loading...