प्रतिनिधि र राष्ट्रियसभाको नियमावली विवादमा, आज छलफल हुँदै

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली निर्माण विवाद बल्झिँदै गएको छ। विवाद सल्टिन समस्या भएपछि निकास खोज्न सभामुख कृष्णबहादुर महराले आज प्रमुख दलहरुसँग छलफल गर्नुहुने भएको छ।

तीन वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी अभियोगमा पक्राउ परेका सांसदको पद निलम्बन हुने कि नहुने भन्ने विषयमा दलहरुबीच विवाद छ।

Advertisement

यस्तै राष्ट्रिय सभाका ५९ जना सदस्यको एकैपटक गोलाप्रथाबाट पदावधि निक्र्योल गर्ने वा प्रदेशगत आधारमा गर्ने भन्ने विषयमा पनि विवाद छ।

कांग्रेसले एकै पटक गोलाप्रथाबाट पदावधि निक्र्योल गर्नुपर्ने अडान राखेको छ। विवादका कारण जेठ २ र ४ गते बसेको प्रतिनिधिसभा बैठकबाट नियमावली पारित हुन सकेन।

यस्तै राष्ट्रिय सभाको ३ गते बोलाइएको बैठक पनि स्थगित भएको थियो भने ४ गते बोलाइएको बैठकमा नियमावलीको विषय कार्यसूचीबाट हटाइएको थियो।

स्रोतका अनुसार आज सभामुखले बोलाएको छलफलमा सहमति नभए ८ गते बस्ने संसद् बैठकले नियमावली पारित गर्ने तयारी भएको छ।

More News last news
Loading...