वरियता मिचिएको विषयमा खनालले प्रचण्ड र ओलीसँग जवाफ माग्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको चौँथो वरियताका नेता झलनाथ खनालले आफूलाई दिइएको वरियताप्रति असन्तुष्टी जनाएका छन् ।

नेता खनालले आजै पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टी व्यक्त गर्ने बताइएको छ।

Advertisement

खनालले माधव नेपालभन्दा तल पारिएको वरीयता अस्वीकार गरेका हुन् । तत्कालीन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको खनालको आरोप छ।

पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालीन पार्टी एकता संयोजन समितिका सदस्य खनालले जानाजान आफ्नो अनुपस्थितमा पार्टी एकता गरिएको गुनसोसेमत गरेका छन्।

पार्टी एकता हुँदा चिनमा रहेका खनालले एकता हुने अघिल्लो दिन केपी ओलीलाई चिन जान लागेको बताउँदा पनि एकताको जानकारी नदिइएको बताए।

आफू स्वास्थ्य उपचारका सिलसिलामा चीन गएको खनालले बताएका छन्।

खनालको पक्षमा इश्वर पोखरेल र भिम रावलसमेत उभिएको बताइएको छ। एकतापछिको नेता व्यवस्थापनप्रति पोखरेल र रावलसमेत असन्तुष्ट छन्।

More News last news
Loading...