नेपालका लागि नयाँ अमेरिकी राजदूत मनोनित, अब बेरी काठमाडौं आउने !

काठमाडौं । अमेरिकाले नेपालका लागि नयाँ राजदूत मनोनित गरेको छ । अमेरिकी कूटनीतिज्ञ र्‍याण्डी डब्लु बेरी नेपालका लागि नयाँ राजदूतमा मनोनित भएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै उनलाई मनोनयन गरेको जनाइएको छ । यसअघि उनले नेपालमा उपयोनियोग प्रमुखको रुपमा कार्यभार सम्हालिसकेका छन् ।

Advertisement

तीन वर्ष भन्दा बढी समयदेखि समलिंगी, तेस्रो लिंगी (लैंगिक अल्पसंख्य) को अधिकारको निमित्त विशेषदूतको रुपमा कार्यरत बेरीको नाम सिनेटले अनुमोदन गरेपछि मात्रै औपचारिक रुपमा नियुक्त हुने छन् ।

सिनेटले नाम अनुमोदन गरेपछि उनी काठमाडौं आउने छन् । हाल नेपालका लागि अमेरिकी राजदूतमा एलिना बी टेप्लिज कार्यरत छिन् ।

More News last news
Loading...