अन्यौलमा रहेको राष्ट्रिय जनता पार्टीको बैठक बस्दै

काठमाडौँ । संघीय संसदका सदस्यहरुको निर्वाचन भएको तीन महिना वितिसक्दा समेत संसदीय दलको कार्यसमिति गठन गर्न नसकेको राष्ट्रिय जनता पार्टी नेपालको आज अध्यक्ष मण्डलको बैठक बस्न लागेको छ।

बैठकमा संसदीय दलको नेता, उपनेता र कार्यसमिति गठनका बारेमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । बैठकमा पार्टीको राजनीतिक समितिको बैठकको मिति तोक्ने, प्रदेश नम्बर २ मा तीनजना राज्यमन्त्री चयन गर्नेलगायतका बिषयमा पनि छलफल हुने बताइएको छ।

Advertisement

यसअघि गत शुक्रबार बसेको बैठकले यस विषयमा निर्णय गर्ने भनिएपनि अध्यक्ष मण्डलका सवै सदस्य उपस्थित नभएकाले बैठकमा आज छलफल हुन लागेको हो।

दिउँसो २ बजे केन्द्रिय कार्यलय बबरमहलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिती र पार्टीको आन्तरिक अन्य बिषयमा पनि छलफल हुने भएको छ।

बैठकमा दुई कम्युनिष्ट पार्टीको एकतापछिको राजपाको रणनीतिका बारेमा समेत छलफल हुने नेताहरुले बताएका छन्।

सरकारलाई समर्थन गरेको तर सरकारमा नगएको राजपाले समर्थन र सरकारमा सहभागीताका बारेमा पुर्नविचार गर्ने तयारी गरेको छ।

पार्टीको माग अनुसार संविधान संशोधनको पक्षमा नव गठित नेपाल कम्युनिष्ट पार्टी नदेखिएकाले समर्थन फिर्ता लिएर दवावमुलक अभियानमा लाग्नु पर्ने कतिपय नेताहरुको तर्क रहेको छ।

सरकारले आफ्नो मागहरु पुरा गर्ने अवस्था नरहेको र सरकारमा सहभागीतकालागि आग्रह पनि नगरेकोले सरकारमा नजाने निर्णय बैठकले गर्न सक्ने एक नेताले जानकारी दिए।

अहिले सम्म राजपाले सरकारमा सहभागी हुनेकी नहुने भन्ने बारेमा स्पष्ट निर्णय गरेको छैन।

More News last news
Loading...