हतियार भित्र्याउँदै नेकपा (विप्लव समूह), फेरी जंगल पस्ने आशंका

काठमाडौं । पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टी बिप्लव समूहले हतियार भित्र्याउदै आएको छ ।

नेकपा माओवादी विप्लव समूहले भारतसँग जोडिएको सप्तरी र सिरहा जिल्लाको विभिन्न नाकाहरुबाट हतियार भित्र्याउन थालेको हो ।

Advertisement

गत बैशाख ६ गते ५ वटा मोटर साईकलमा १० थान एके–४७ र ५ थान मिनि मेशिनगन सिरहा भित्र्याईएको खबर छ ।

५ वटा मोटर साईकलमा सवार १० जनाले कपडाको झोलामा राखेर उक्त हतियार भित्र्याएको सुत्रको दावी छ ।

सिरहाको उत्तरी क्षेत्रमा रहेको चुरे जंगल भित्र हतियारहरु भण्डारण गरिएको र सैन्य प्रशिक्षण पनि आरम्भ गरिएको थाहा भएको छ ।

सिरहाको उत्तरी क्षेत्रमा रहेको चुरे जंगल भित्र सैन्य तालिम केन्द्र बनाईएको र ५० भन्दा बढी युवाहरुले सैन्य तालिम लिईरहेको जनाएको छ ।

विप्लव समूहले सिरहा र सप्तरी जिल्लामा चन्दा संकलन कार्यलाई पनि तीब्र रुपमा अगाडि बढाएको छ ।

व्यापारिक प्रतिष्ठान र घरानाहरुलाई गच्छेअनुसार १ लाखदेखि २५ लाखसम्म चन्दा मागेर पत्राचार गरिएको छ ।

अधिकांश व्यापारीहरुले मोलमोलाई गरी उक्त समूहका नेताहरुलाई चन्दा बुझाई रहेको थाहा भएको छ ।

सिरहाको गोलवजार, लहान, मिर्चैया , सिरहा बजार, सुखीपुर र धनगढी बजारका अधिकांश पसल, निजी विद्यालय, नगरपालिका र गाउँपालिकाहरुलाई चन्दा दिन विप्लव समूहले पत्राचार गरेको छ ।

पत्राचार गर्दा सुनुवाई नगर्नेहरुलाई फोनबाट नियमित ताकेता गरी चन्दा असुली गरिएको छ ।

More News last news
Loading...