काठमाडौं । नेपालको राजनीतिक इतिहासमै सबैभन्दा ठुलो एकता नेकपा एमाले र माओवादीबिच आज सम्पन्न हुँदैछ।
दुबै पार्टीका नेताहरु एकतालाई अनुमोदन गर्न तयारीका कामहरु घनिभुत रुपमा गरिरहेका छन् ।
संगठन, कार्यदिशा, चुनाव चिन्ह र जनयुद्धका विषयमा रहेको विवाद दुई अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली बिच सहमति बनेपछि एकताको तयारी थालिएको हो।
४४१ सदस्यीय एकीकृत पार्टीमा एमालेका २४१ र माओवादीका तर्फबाट २०० केन्द्रीय सदस्य रहनेछन् । ४३ जनाको स्थायी समितिमा २५ एमाले र १८ माओवादीका रहनेछन् ।
जनयुद्ध र जनयुद्धको भुमिकालाई विधान तथा प्रतिवेदनमा उल्लेख गरिनेछ भने चुनाव चिन्ह सुर्य रहने सहमति भएको छ ।
सहमति अनुसार आज १० बजे बस्ने एकता संयोजन समितिको बैठकले एकतालाई अनुमोदन गर्नेछ भने दुबै पार्टीको १ बजे बस्ने केन्द्रीय समतिले संयोजन समितिको पार्टी एकता गर्ने निर्णयलाई अनुमोदन गर्नेछन् ।
३ बजे निर्बाचन आयोगमा नेपा कम्युनिष्ट पार्टी नामक नयाँ कम्युनिष्ट पार्टी दर्ता हुनेछ र बेलुकी ५ बजे पत्रकार सम्मेलन गरी एकताको घोषणा गर्ने कार्यक्रम रहेको छ ।
आज कति वेला के ?
बिहान ७ः३० बजे स् बल्खुस्थित मदन भण्डारीको सालिकमा ओली–प्रचण्डद्वारा माल्यार्पण
आज ९३ जेठ० जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा एमालेले बिहान ७ः३० बजे पुरानो पार्टी कार्यालय बल्खुमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख वक्ता प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा महत्वपूर्ण घोषणा गर्नेछन् ।
बिहान १०ः०० बजे : पार्टी एकता संयोजन समितिबाट एकताको निर्णय
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । दुई अध्यक्षबीच सहमति भइसकेको एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई संयोजन समितिले अनुमोदन गर्नेछ । र, दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको निर्णय गरिनेछ।
११ः०० बजे एमाले केन्द्रीय कमिटी
१ः०० बजे माओवादी सचिवालय
पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदनका लागि बिहान ११ बजे एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै माओवादीले दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ । दुवै पार्टीका बैठकले पार्टी विघटन गरी एकीकरणको निर्णय गर्नेछन् ।
दिउँसो ३ः०० बजे स् दुवै पार्टीको संयुक्त बैठक
दुवै पार्टीले एकता अनुमोदन गरेलगत्तै संयुक्त बैठक बस्ने तयारी छ । दुवै पार्टीका नेताहरू बैठकमा सहभागी हुनेछन् ।
दिउँसो ४ः०० बजे स् निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता
एकता संयोजन समिति र दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयपछि एकीकरणको निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने तयारी छ । माओवादी नेता जनार्दन शर्माले बिहीबारै नेपाल कम्युनिस्ट पार्टी आयोगमा दर्ता हुने बताए ।
साँझ ५ः०० बजे स् पत्रकार सम्मेलन
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएपछि नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट साँझ राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गरिनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
