प्रदेश सांसद हरिशरण लामिछानेको निधन

काठमाडौं । प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा आज निधन भएको छ।

लामिछानेको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । अाइतबार मष्तिस्कघात भएपछि उपचारका लागि उहाँलाई अस्पताल लगिएको थियो ।

Advertisement

उहाँको साेमबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ । २०२४ फागुन ११ गते जन्मिएका लामिछाने भक्तपुर क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँको पार्थिव शरीरलाई दिउँसो साढे २ बजेदेखिअन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र ४ बजे अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। लामिछाने एमालेको भक्तपुर जिल्ला कमिटिका सचिव हुनुहुन्थ्यो । उहाँका एक श्रीमती, छारा र छोरी छन्।

More News last news
Loading...