देब गुरूङ भन्छन्-ओलीले प्रचण्डलाई सेरोमोनियल अध्यक्ष बनाए

भक्तपुर । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सेरोमोनियल अध्यक्ष बनाएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले सरकारको क्याबिनेटबाट गरिने निर्णय बाहेक सत्ता साझेदार रहेको दल प्रचण्डसँग कुनै परामर्श नगरी जुन महत्वपूर्ण खालका निणर्यहरु भएका छन् यसले प्रचण्डलाई सेरोमोनियल बनाएको आरोप लगाएका हुन् ।

Advertisement

उनले पार्टी एकिकरणसँगै दुई अध्यक्ष रहने र एकले सकारकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भए पनि पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले त्यस्तो ब्यवहार देखाउन नसक्दा बिश्वासको वातारणमा शंका देखिएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण दुई देशबीचका सम्बन्ध बिस्तारको स्वरुप भएको बताउँदै भ्रमणका समय जसरी नेपाली सुरक्षाकर्मी भन्दा भारतीय सुरक्षाकर्मी बढी हुन कुटनीतिक छलफलको बिषय समेत बनेको उनले बताए ।

एमाले र माओवादी केन्द्रलगायत राष्ट्रवादीहरुको पार्टी एकताका बिषयमा प्रत्यक्ष नभएपनि अप्रत्यक्ष रुपमा बिदेशी शक्तिहरुका चलखेल भईरहेको बताउँदै यस्ता चलखेलबाट चनाखो रहँदै एकिकरण हुँदै जाने उनको भनाई छ ।

पार्टी एकिकरणका बारे बाहिर आए जस्तो मित तय नभएको भन्दै उपयुक्त समयमा संयोजन समितिले निर्धारण गर्ने मितिमा ढिला चाँडो भए पनि पार्टी एकिकरण हुने बताए ।

More News last news
Loading...