काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका छन्।
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका छन्।
विहान पशुपतिनाथमा विशेष पूजा गरेर हायात होटल पुगेका मोदीले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका छन् ।
उनले कांग्रेस नेताहरुसँग सामुहिक भेट गरेका थिए भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्लै भेटका लागि गएका थिए।
कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, महामन्त्रीद्धय डा. सशांक कोइराला र पूर्ण बहादुर खड्का , पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष सितादेवी यादव, सह–महामन्त्री डा. प्रकाशशरण महत हायात पुगेका थिए ।
त्यस्तै मोदीसँग राष्ट्रिय जनता पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् । भेटका लागि राजपाका अध्यक्ष मण्डलका सबै सदस्य हायात होटल पुगेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
