दुई प्रधानमन्त्रीबीच ‘वान टु वान’ वार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच होटल द्वारिकाजमा एक्लाएक्लै वार्ता सम्पन्न भएको छ। अहिले दुई देशका प्रतिनिधिहरुबीच औपचारिक भेटवार्ता चलिरहेको छ।

एक्लाएक्लै वार्तापछि बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजनाको दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

Advertisement

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनदन गरिएको थियो । अभिनन्दनपछि बोल्दै उहाँले दुईदेश बीचको सम्बन्ध राजा जनकको पालादेखि रहेको र त्यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताउनुभएको थियो।

त्यसलगत्तै काठमाडौं आइपुगेका मोदीलाई टुडिखेलमा गार्ड अफ अनर प्रदान गरिएको थियो । त्यसपछि उहाँले बहादुरभवन पुगी उपराष्ट्र्पति नन्दबहादुर पुनसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा दुइ देशबीचको प्राचीन सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।

त्यसलगत्तै राष्टपति भवन शीतल निवासमा राष्टपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्नुभएको थियो। भेटमा आपसी हितका विषयमा छलफल भएको थियो ।

More News last news
Loading...