मोदी उद्घाटन गर्न आउनुअघि जलविद्युतको कार्यालयमा बम विस्फोट

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा उद्घाटन गर्ने भनिएको अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।

मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारीस्थित तुम्लिङटारमा रहेको आयोजनाको कार्यालयमा शनिबार राति बम विस्फोट भएको हो ।

Advertisement

विस्फोटबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीकाअनुसार शनिबार साढे १२ बजेतिर आयोजनाको कार्यालयमा विस्फोट भएको थियो ।

विस्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यसअघि गएको माघमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा पनि अज्ञात समूहले वम विष्फोट गराएको थियो । त्यो बेला पनि पर्खालमा क्षति पुगेको थियो ।

More News last news
Loading...