टोकियो । जापानको टोक्योमा एक भव्य समारोहको बीच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ ।
जापानमा लोक प्रीय रहेको हानामी पर्व (साकुरा फुल हेर्ने पर्व्)को अवसर पारेर हाराज्युकु पार्क भित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौ स्रस्टाहरुको उपस्थिति रहेको थियो ।
अन्तर्रास्ट्रिय नेपाली साहित्य समान जापान च्याप्टरको आयोजनामा भएको कार्यक्रममा स्रस्टाहरुले साकुरा फुलको मजा लिनुको साथै साहित्यिक खुराकहरु पनि प्रस्तुत गरेका थिए ।
नागानो प्रीफेक्चार अन्तर्गत रहेको तातेसिना भन्ने ठाउमा ३९ जना हाइकु कविहरुले स्थलगत रुपमा लेखेका हाइकुहरु तातेसिना भित्र समेटिएका छन । कृतिमा प्रा. रामकुमार पान्डे र प्रकाश पौडेल माइलाको हाइकुको खोज मुलक सैद्दान्तिक कार्य पनि समाबेश छ ।
अनेसास जापान च्याप्टरले प्रकाशन मा ल्याएको तातेसिना हाइकु सन्कलनको सम्पादक हाइकु क वि प्रकाश पौडेल माइलाले गरेका हुन । बिगत १३ वर्ष देखि जापान मै रही हाइकुको छेत्रमा कलम चलाइरहने माइला अनेसास का केन्द्रीय उपाध्यक्ष समेत हुन ।
दिप पाठकको सभापतित्वमा सम्पन्न बिमोचन समारोहको प्रमुख अतिथि भने साकुराको रुखलाई मानिएको थियो । सहारोहमा प्रकाश पौडेल माइला, शालिकराम भन्डारी , पिताम्बर पदम्पाणि, पुस्कर जङ्ग थापा, आलोक चालिसे । दिनेशराज ज्ञवाली, शरद गौचन्, मैदेली घिमिरे, दीपक सुबेदी अरुण पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रमको सन्चलान रबिन शर्मा र सङ्गीता कुँवरले गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
