जापानमा चलचित्र ‘लिलिबिली’ को प्रिमियर शो सम्पन्न 

जापान । चैत ३० गते नेपाल रिलिज हुने सिनेमा ‘लिलिबिली’को जापानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ।

जापानको टोकियोस्थित नकानो जिरो हलमा सम्पन्न प्रिमियरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाही उपस्थित थिए। प्रिमियरमा सिनेमा हेरे पश्चात दर्शकले राम्रो प्रतिक्रिया दिएको आयोजक डेस्टिनी क्रियसन जापानले जानकारी दियो।

Advertisement

नेपाली सिनेमा यतिको राम्रो बन्नु खुसीको कुरा रहेको डेस्टिनीले बतायो। ‘लिलिबिली’को दर्शक प्रतिक्रिया र उपस्थित संख्याले उत्साहित भएको आयोजकले आगामी दिनमा पनि नेपाली सिनेमाको शो गर्दै जाने लक्ष्य रहेको जानकारी दियो।

उता निर्माता शाहीले जापानको दर्शक प्रतिक्रियाले उत्साहित बनाएको भन्दै खुसि व्यक्त गरे। ‘सबैले राम्रो सिनेमा हेर्न पाएको भन्दै बधाई दिनु भएको छ। आगामी दिनमा पनि यस्तै सिनेमा हेर्न पाइयोस् भन्ने आशा व्यक्त गर्नु भयो ।’ शाहीले भने। ‘हामी कसैको आशालाई निराशामा परिणत हुन् दिने छैनौँ। हामीले मिहिनेत गरेर राम्रो सिनेमा बनाएको थियौं। जसको नतिजा एकदमै सुखद मिलेको छ ।’

मिलन चाम्स निर्देशित सिनेमामा प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठको पनि अभिनय रहेको छ। रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले प्रचारप्रसार तीव्र बनाउदै छ। फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ।

More News last news
Loading...