धुलिखेलमा फिमेल युथ लिडरसिप क्याम्प सम्पन्न

काठमाडौँ । महिला युवाको क्षमता अभिवृद्धी गर्ने उदेश्यले युथ एड्भोकेसी नेपालले एक्सनएड नेपालसँगको सहकार्यमा चैत्र ४ देखी ८ गतेसम्म धुलिखेलमा पाँच दिने फिमेल युथ लिडरसिप क्याम्प सम्पन्न गरेको छ।

क्याम्पमा सहभागीहरुले लैङ्गिकता र सामाजिक समावेसीकरण, नेतृत्व विकास तथा वकालतका रणनीतिहरुको विषयमा सिकेका थिए।

Advertisement

राज्यले महिला युवाको विकासका आवस्यक नीति, कार्यक्रम, योजना तथा वजेटको प्रवन्ध गर्न नसकेको क्याम्पका प्रशिक्षक तथा युथ एक्सन नेपाली उपाध्यक्ष रुपा उप्रतीले बताईन्। एक अर्को फरक प्रसङ्गमा निर्णय प्रकृयामा महिला युवाहरुको सांकेतिक प्रतिनिधित्व मात्र हुने बताईन।

महिला र पुरुष विचमा शक्ति र स्रोत साधनको असमान वितरण भएकाले महिलाहरु हिंसा, विवेध र अन्यायको सिकार भएको क्याम्पकी अर्की प्रशिक्षक तथा एक्सनएड नेपालकी ज्ञान, नीति तथा शुसासन व्यवस्थापक मालती मास्केले वताईन।

सवै युवालाई एउटै डालोमा राखेर विश्लेषण गर्ने प्रवृती गलत भएको क्याम्पकी अर्की सहजकर्ता तथा युथ एड्भोकेसी नेपालकी कोषाध्यक्ष गीता चौधरीले बताईन। महिला युवाहरुले नेतृत्व मागेर होईन खोसेर लिनु पर्नेमा अर्की प्रशिक्षक तथा युवा अधिकारकर्मी अपेक्षा निरौलाको जोड थियो।

सार्वजनिक स्थानामा वोल्न डराएर नेतृत्व लिन नसक्ने भएकाले आत्मवलका साथमा महिला युवाहरुले शसक्त आवाज उठाउनु पर्ने क्याम्पका अर्का प्रशिक्षक तथा युवा अधिकारकर्मी नारायण कडरियाको भनाई थियो।

पाँच दिने क्याम्पवाट लैङ्गिकता र सामाजिक समावेसीकरण, नेतृत्व विकास तथा वकालतका रणनीतिको विषयमा ज्ञान तथा सिपमा वृद्धी भएकाले प्राप्त ज्ञान तथा सिपलाई समाजरुपान्तरणमा प्रयोग गर्ने सहभागीहरुको भनाई थियो।

महिला युवा र पुरुष युवाको हुर्काई प्रकृया नै फरक फरक भएकाले समाजमा लैङ्गिक विवेध र हिंसा भएको क्याम्पको समापन समारोहका प्रमुख अथिति तथा संकल्पकी अध्यक्ष लिली थापाले बताईन्।

महिला युवाको शशक्तिकरणका लागि यस प्रकृतीका कृयाकलापलाई सहरमा मात्र नभएर आगामी दिनमा गाँउगाँउमा संचालन गर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए।

कार्यक्रममा दलित, जनजाती, मधेसी, अपाङ्गता भएका महिला युवाहरुको पनि सहभागिता थियो।

 

More News last news
Loading...