गिरिजाप्रसादको तारिफ गर्न एमाले माओवादी शीर्ष नेताको लाइन लाग्यो

काठमाडौँ । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ८ औँ स्मृति दिवसका अवसरमा बाम गठबन्धनका शीर्ष नेताहरुले कोईरालाको खुलेर तारिफ गरेका छन्।

कोइरालाको ८ औं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन्।

Advertisement

राजधानीमै आयोजित अर्को एक कार्यक्रममा बोल्दै सत्तारुढ एमाले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले कोइरालाले देखाएको बाटोमा अघि बढे मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पारेका छन।

एमाले वरिष्ठ नेता नेपालले गणतन्त्रमा जाने पार्टी भित्र तयारी गर्ने कोइरालाको निर्णय महत्वपूर्ण भएको चर्चा गरे। उनले कोइरालाकै नेतृत्वमा मुलुकमा राजतन्त्र फाल्न सम्भव भएको पनि स्पष्ट पार्नु पारे।

त्यसैगरी काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले स्वर्गिय कोईरालाको सपना पूरा गर्नका लागि सँधै दलहरु सहमतिका आधारमा अघि बढ्नुपर्ने बताएका छन्।

उनले सहमति, सहकार्य र एकताका आधारमा अगाडी नबढ्ने हो भने देश द्वन्दमा जाने चेतावनी समेत दिएका छन्।

त्यसैगरी गिरीजा प्रसाद कोईराला गणतन्त्रको पक्षमा नउभिएको भए देशमा गणतन्त्र आउन नसक्ने माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रष्ट पारेका छन्।

उनले शसस्त्र संघर्ष गरिरहेको शक्तिसँग मिलेर गणतन्त्रका लागि संयुक्त मोर्चा बनाउने कोइरालाको निर्णय विश्वमै नौलो ईतिहास भएको पनि स्मरण समेत गराए।

स्मरण रहोस् कोइरालाकै नेतृत्वमा तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूल धारमा ल्याउने काम भएको थियो। कोइरालाले गणतन्त्र स्थापनाका लागि दिएको नेतृत्व मुलुकको राजनीतिक इतिहासकै महत्वपूर्ण कदमको रुपमा लिइँदै आएको छ।

More News last news
Loading...