काठमाडौं । ओमानको सोहारमा रहेको एक कम्पनीमा स्काफोल्डिङको काम गर्न पुगेका आठ जना नेपालीलाई नेपाल फर्काइएको छ।
उनीहरुले करार सम्झाता बमोजिमको सुविधा नपाएको भन्दै नेपाली दूतावास ओमानमा उजुरी गरेका थिए।
उनीहरुलाई मंगलबार नेपाल फर्काइएको दूतावासले जनाएको छ।
द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर बिक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र रानालाई नेपाल फर्काइएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
