आफ्नै ट्रक दुर्घटनामा काँग्रेस क्रियाशील सदस्य खत्रीको मृत्यु

पोखरा । नेपाली काँग्रेसका क्रियाशील सदस्य जयबहादुर खत्रीको सवारी दुर्घटनामा मृत्यु भएको छ।

पोखराबाट सिक्लेस जाने क्रममा ट्रक दुर्घटनामा परी उनको मृत्यु भएको हो। सोमबार ग.१.ज ७५९९ नम्बरको आफ्नै मिनी ट्रकमा उनी सिक्लेस जादै थिए।

Advertisement

दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मङ्गबार नै पोखराको सेती नदीस्थित तुल्सिघाटमा अन्त्येष्ठि गरिएको छ। उनका एक श्रीमती, १ छोरा र ४ छोरी छन्।

नेपाली काँग्रेसका नेता देवराज चालिसेले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए।

नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति विजयराज आचार्य र कास्की काँग्रेसका सदस्य नवीन सिग्देल तुल्सिघाट पुगेर श्रद्वाञ्जली अर्पण गरेका थिए।

शवयात्रामा आफन्त, परिवारजन, शुभेच्छुक, नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता सहभागि थिए।

खत्रीले नेपाली काँग्रेसका विभिन्न पदमा रहेर लोकतान्त्रिक आन्दोलनमा योगदान पु-याएका थिए । उनी नेपाली काँग्रेस वडा इकाइ समिति पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ को निवर्तमान उपसभापति हुन्।

नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले मङ्गलबार विज्ञप्ति प्रकाशित गरी खत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ।

विज्ञप्तिमा मृतात्माको चिरशान्तिको कामनागर्दै परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनि कामना गरिएको छ।

More News last news
Loading...