काठमाडौँ । निर्देशक शिशिर राणाद्वारा निर्देशित चलचित्र तिमी सँग’को ट्रेलरले दर्शकको राम्रो साथ पाएको छ।
सार्वजनिक गरिएको चलचित्रको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन भने ट्रेलर रिलिज भएसँगै नेपालको युट्युब ट्रेन्डिङमा लगातर आइरहेको छ।
चलचित्रमा निकै चर्चित तथा व्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नव नायक आकाश श्रेष्ठ र नाजिर हुसेनसँगै चलचित्रका निर्देशक शिशिर राणाको पनि मुख्य भूमिका रहेको छ।
चलचित्रमा कथा तथा निर्माण समेत निर्देशक राणाकै रहेको छ।
चलचित्रको ट्रेलर रिलिज अगावै सार्वजनिक भएको चलचित्रको ‘लडे लडे’ बोलको लभ अनि रोमान्टिक गीतले चर्चा कमाएको छ ।फिल्म चैत्र २३ गते देखी प्रदर्शनमा आउदैछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
