काठमाडौं । पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाको ‘तिमी साथ भएपछि’ नामक पहिलो गजल गीत सार्वजनिक भएको छ।
हरि लम्सालको संगीत रहेको गीतमा गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन्। अर्जुन अधिकारीले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा पल शाह र आँचल शमाको अभिनय रहेको छ।