काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक नजिकिदै छ। बैठक नजिकिएसँगै नेताहरु छलफलका विभिन्न एजेण्डा तय गर्न व्यस्त छन्।
बैठकमा प्रदेश र प्रतिनिधीसभा चुनावमा पार्टीले हारेको विषयमा प्राथमिकताका सथ छलफल हुने भएपनि नेताहरु अन्य एजेण्डाहरुपनि अघि सार्ने तयारीमा छन्।
बैठकमा नेताहरुले हिन्दुराष्ट्र र राजसंस्थादेखि संघीयता खारेज गर्नेसम्मका एजेण्डा प्रस्तुत गर्ने तयारी गरेको बुझिएको छ।
हिन्दुराष्ट्रको पक्षमा खुलेरै लागेका खुमबहादुर खड्का समुहले बैठकमा यसबारे छलफल प्रवेश गराउने भएका छन्।
खड्का समुहका केन्द्रिय सदस्य शंकर भण्डारीले हिन्दुराष्ट्र कायम गर्नुपर्छ भन्ने विषय र राजसंस्था फर्काउनुपर्छ भन्ने एजेण्डासमेत बैठकमा प्रस्तुत गर्ने तयारी भएको खड्का निकटका एक नेताले खबरडबलीलाई जानकारी दिए।
नेता डा।रामशरण महतले भने नेपालमा संघीयता कार्यान्वयन गर्न चुनौतिपूर्ण रहेको ठहर गरेका छन् । उनले बैठकमा नेपालमा संघीयता कार्यान्वयन गर्न चुनौतिपूर्ण रहेको भन्दै खारजीको विषयलाई बैठकमा प्रवेश गराउने तयारी गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
