काठमाडौँ । राजधानीबाट पक्राउ परेका नेपाली कांग्रेस नेता गणेश लामाको रिहाइको माग गर्दै नेपाली कांग्रेस काभ्रेले बनेपामा जुलुस निकालेको छ।
विभिन्न बाहाना बनाएर बाम सरकारले लामालाई पक्राउ गरको भन्दै नेपाली कांग्रेस काभ्रेले निकालेको जुलुसमा झडप हुँदा प्रहरीले २ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ।
उक्त प्रदर्शनका क्रममा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपको स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कांग्रेस कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा मुडा प्रहार गर्न थालेपछि अश्रु ग्यास प्रहार गरेको हो।
गुण्डा गर्दीमा संलग्न रहेको आरोप लाग्दै आएका लामालाई गत फागुन ३ गते प्रहरीले राजधानीको गौशालाबाट पक्राउ गरेको थियो।
प्रहरीले लामाविरुद्ध हातहतियार तथा खरखजना ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
