क्षतिपूर्तिमा गम्भीर अपमान ! नेपालीलाई २० लाख, बंगलादेशीलाई डेढ करोड (भिडियो)

काठमाडौँ । यूएस बंग्ला एयरलाइन्सको जहाज काठमाण्डौस्थित त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुने नेपाली र बंगलादेशी नागरिकका परिवारले पाउने क्षतिपूर्तिमा निकै ठूलो भिन्नता देखिएको छ ।

जहाज दुर्घटनामा मृत्यु भएका नेपालीका परिवारले २० लाख (२० हजार डलर) को दरले क्षतिपूर्ति पाउने छन् भने बंगलादेशी नागरिकले भने डेढ करोड रुपैयाँ (१ लख ५० हजार डलर) को दरले क्षतिपूर्ति पाउनेछन् ।

Advertisement

विभेदकारी क्षतिपूर्तिको बिषयमा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले स्ट्याटस लेख्दै भनेका छन्–‘जहाज बाङ्लादेशको हो, अनि टिकटको मूल्य पनि दुबै देशका यात्रुसँग बराबरी लिइएको हो । आफ्ना नागरिकको दुःखद मरणलाई कुकुर मराइमा परिणत हुन नदिइयोस् सरकार !

जहाज दुर्घटनामा मारिएका उसका नागरिकले नेपालीको तुलनामा झण्डै ६ गुणा बढी क्षतिपूर्ति पाउने अवस्था देखिएको हो । भिडियोमा हेर्नुहोस यसकारण नेपाली मृतकका परिवारले पाउदै छन् यति थोरै क्षतिपूर्ति …

More News last news
Loading...