काठमाडौं । एमाले सांसद शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी छन्।
प्रतिनिधिसभाको उपसभामुखका लागि तुम्बाहाम्फेसँगै कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी परेको थियो । तर, वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे विजयी भएकी छन्।
तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको छ भने विपक्षमा ५८ मत खसेको छ।
त्यसअघि भुसाललाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। कांग्रेस उम्मेदवार भुसालको पक्षमा मात्र ६१ मत खस्यो भने विपक्षमा २०१ मत परेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
