माओवादीले छान्यो पाँच मन्त्री, विना र खनाल इन हुँदा, जनार्दन शर्मा ‘आउट’

काठमाडौं । माओवादी केन्द्रबाट मन्त्री बन्ने पाँच जनाको नाम टुंगो लागेको छ।

मन्त्री बन्नेहरुको नाम माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ।

Advertisement

प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । चार बजे शपथको तयारी गरिएको छ।

माओवादीबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति वस्नेत, चक्रपाणि खनाल र विना मगर मन्त्री बन्ने भएका छन्।

यसअघि चर्चामा रहेका जनार्दन शर्मा मने लिस्टमा परेनन्।

पुनलाई उर्जा, पोखरेल शिक्षा, बस्नेत वन, खनाल कृषि, मगर खानेपानी मन्त्री बन्ने भएका हुन्।

माओवादीका तर्फबाट गृहमन्त्रीमा रामबहादु थापा र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि छन्।

More News last news
Loading...