एमाले र माओवादीबाट नयाँ बन्ने मन्त्रीको सुची लगभग फाइनल, को को परे ?

काठमाडौँ । माओवादी केन्द्रले पाँँच मन्त्रीको नाम टुंगाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् । माओवादीका नयाँ मन्त्रीमा वर्षमान पुन उर्जा, गिरिराजमणी पोखरेल शिक्षा, शक्ति बस्नेत वन, चक्रपाणी खनाल कृषि तथा शहकारी, विना मगर खानेपानी तथा सरसफाइ रहेका छन् ।

Advertisement

यस्तै एमालेबाट प्रदिप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, रविन्द्र अधिकारी पर्यटन, जगत विश्वकर्मा युवा तथा खेलकुद, रघुवीर महासेठ भौतिक पुर्वाधार, गोकुल बास्कोटा सूचना तथा सन्चार, लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन हुने पक्का भएको छ ।

अन्य केहि मन्त्रालयका बारे छलफल जारी रहेको स्रोतको दाबी छ ।

More News last news
Loading...