फोरम र राजपाका लागि मन्त्रालय बढाउँदै प्रधानमन्त्री ओली

काठमाडौँ । मन्त्रिपरषद्को बिहीबारको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनर्गठनबारे छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले यस विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन्।

Advertisement

विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेको थियो।

तर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलार्इ पनि सरकारमा ल्याउन केपी ओली नेतृत्वको सरकारले मन्त्रालय बढाउनेबारे गृहकार्य थालेको हो।

फोरम र राजपाले सरकारमा जानका लागि ओली सरकारसँग कम्तिमा पनि ३र३ मन्त्रालय मागेका छन्। संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुने भएपछि केही मन्त्रालय थप्ने गृहकार्य सरकारले थालेको हो।

फोरमले यसअघि नै सरकारमा जाने निर्णय गरिसकेको छ । राजपाले भने सरकारलार्इ समर्थन गरे पनि सरकारमा जाने निर्णय गरिसकेको छैन।

उसले पनि तीन मन्त्रालय मागेको छ । फोरम र राजपा सरकारमा जाने भएमा ओली नेतृत्वको मन्त्रिमण्डल कम्तिमा पनि २२ सदस्यीय हुनेछ। सरकारमा संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमा मन्त्रिमण्डल विस्तार गर्दैछन्। अहिले मन्त्रिमण्डल विस्तारका लागि ओलीले एमाले र माओवादीबाट पनि मन्त्रीहरूको चयन प्रक्रिया अघि बढाएका छन्।

शक्तिशाली सरकारको नेतृत्व गर्ने योजनाका साथ ओलीले मधेसवादी दललार्इ सरकारमा ल्याउने प्रयास जारी राखेका छन्। – अन्नपूर्ण पोस्ट दैनिकबाट

More News last news
Loading...