काठमाडौँ । गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई दुर्घटनाको लाइभ उपडेटले गर्दा यतिबेला पत्रकार ऋषि धमला चर्चामा छन्।
अंग्रेजीमा सोधिएको प्रश्नको हिन्दीमा जवाफ दिएको भनेर धेरै आलोचना भएको छ। चौतर्फी आलोचना हुन थालेपछि उनले मिडियामा यस बारेमा जवाफ दिएका छन्।
उनले आफुलाई अंग्रेजी नआएर नभइ भारतका सर्वसाधारणलाई लक्षित गरेर हिन्दी भाषाको प्रयोग गरेको बताएका छन्।
पत्रकार ऋषि धमलाले अंग्रेजीमा नबोलेको प्रसङ्ग र भिडियो भाईरल बनिरहँदा नायिका तथा धमला पत्नी एलिजा गौतमले पनि त्यसको कडा प्रतिवाद गरेकी थिइन।
सामाजिक संजालमा एक स्टाटस लेख्दै एलिजाले सबैले सामाजिक संजालमा टाईमपास गर्नको लागि राम्रो मेलो पाएको प्रतिक्रिया दिएकी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
