प्रचण्डलाई बाबुरामको जवाफ : अबका ‘मुसा’ लाटा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा फर्कन गरेको आग्रहप्रति नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया दिएका छन् । डा.भट्टराईले ट्वीटमा कडा प्रतिक्रिया दिँदै कुर्सीका लागि प्रचण्डले पूरै माओवादीलाई एमालेमा होम्न लागेको आरोप लगाएका छन्।

उनले विद्यालयमा पढ्दाको कविता सम्झँदै ट्वीटमा लेखेका छन : प्रचण्डजीको कुरा सुन्दा स्कुलमा पढेको पेड पाइपर अफ ह्यामलिनको कविताको सम्झना हुन्छ, मिठो मुरलिवादकले सहरका सबै मुसाहरुलाई आफ्नो धुनको पछि लगाएर समुद्रमा होमे जस्तै प्रचण्डले पनि अनेक कुकर्त गरेर आफ्नो कुर्सीका निम्ति पूरै माओवादी शक्ति एमाले समुद्रमा होम्दै हुनुहुन्छ, अबका ‘मुसा’ लाटा छैनन् है।

Advertisement

अध्यक्ष प्रचण्डले डा. भट्टराईलाई गल्ती सच्याउँदै माओवादी केन्द्रमा फर्कन आग्रह गरेका थिए। प्रचण्डले भट्टराईले गल्ती सच्चाएर पार्टीमा नफर्किए स्वर्गमा समेत बास नपाउने टिप्पणी गरेका छन्।

More News last news
Loading...