उपसभामुखका लागि पुष्पा भुसाल र सरिता गिरीको प्रतिस्पर्धा

काठमाडौं । प्रतिनिधिसभाको उपसभामसुखका लागि नेपाली कांग्रेसकी पुष्मा भुसाल र संघीय समाजवादी फोरमकी सरिता गिरीबीच प्रतिष्पर्धा हुने संकेत देखिएको छ ।

कांग्रेसले पुष्पाको उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । सत्ता गठबन्धनले संघीय समाजवादी फोरमकी गिरीलाई अगाडि सार्ने तयारी गरेको छ ।

Advertisement

उपसभामुखका लागि बिहीवार उम्मेदवारी मनोनयन गर्ने कार्यसूची छ । यसअघि सभामुख कृष्णबहादुर महरालाई समर्थन गरेको कांग्रेसले उपसभामुख आफूले पाउनु पर्ने दाबी गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन फोरमले तीन मन्त्रालयसहित उपसभामुख पद दाबी गरेको छ ।

प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा उपसभामुखको निर्वाचन गर्ने कार्यसूची छ । उम्मेदवारी मनोनयन आज १ बजेसम्म गर्नुपर्ने छ ।

More News last news
Loading...