डा. केसीको अनसन पाँच दिनपछि सर्‍यो

काठमाडौं । प्रा. डा. गोविन्द केसीले पाँच दिनपछि सारेका छन्। सोमबार भएको विमान दुर्घटनामा परी चिकित्सकको पनि निधन भएकाले शोकको घडीमा अनसन स्थगित गरिएको डा. केसीले बताएका छन्।

उनले ४ गतेदेखि अनसन बस्ने बताएका छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै डा. केसीले २९ फागुनदेखि आमरण अनसन बस्ने बताएका थिए।

Advertisement

डा. केसीले सर्वोच्चका न्यायाधीशहरुले नै पराजुलीलाई पद छाड्न दिएको सुझावको स्वागतसमेत गरेका छन्।

More News last news
Loading...