एक महिनाको बिदा मनाउन आएका विद्यार्थी सधैँका लागि बिदा

काठमाडौं । बंगलादेशको सिल्हेट मेडिकल कलेजमा अध्ययनरत ११ जना नेपाली विद्यार्थीको सोमबार त्रिभुवन विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परि ज्यान गएको छ।

कलेजका प्रोफेसर आबेद होसेनका अनुसार जलालाबाद राजिब राबेया मेडिकल कलेजमा १९ औँ ब्याचका यी विद्यार्थी मार्च १० मा एमबीबीएसको फाइनल परीक्षा दिएर बिदा मनाउन नेपाल फर्किँदै थिए।

Advertisement

बिदा मनाउन फर्किएका १३ विद्यार्थीमध्ये ११ जनाको दुःखद निधन भएको छ । घाइते दुई जनाको उपचार भैरहेको छ । दुर्घटनामा परि सञ्जय पौडेल, सञ्जय महर्जन, नीगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, श्वेता थापा, मीली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल, आश्ना शाक्यको ज्यान गएको छ।

समिरा व्यञ्जनकार र प्रिन्सी धामीको उपचार भैरहेको छ । त्यसै कलेजमा पढ्ने अर्का विद्यार्थी सुवास आचार्य पनि बिदा मनाउन साथीहरुसँगै आउने तयारीमा थिए । तर उनी टिकट नपाएर रोकिएको द डेली स्टारले बताएको छ।

सिल्हेट कलेजमा रहेका चार जना नेपाली विद्यार्थी पूरै शोकमा डुबेका छन् । उनीहरुले परिवारसँग सम्पर्क गरिरहेका छन् । कलेजले मंगलबारदेखि तीन दिन शोक मनाउने निर्णय गरेको छ।

सोमबार भएको विमान दुर्घटनामा चार जना चालक दलका सदस्यसहित ४९ जनाको ज्यान गएको छ । घाइते भएका २२ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ।

More News last news
Loading...