काठमाडौं । सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंङ्ला एयरको विमान दुर्घटनामा परि मृत्यु भएका यात्रुको शवको पोष्ट मार्टमको प्रक्रिया शुरु हुँदैछ।
पोष्ट मार्टम पछि पहिचान भएका शव आफन्तलाई बुझाउने प्रहरीको तयारी छ। शव बुझ्नको लागि बिहानै देखि मृतकका आफन्त त्रिवी शिक्षण अस्पताल बाहिर भेला भएका छन्। उनीहरुले शव छिटो हस्तान्त्ररण गर्न माग गरेका छन्।
मृतकका परिवारको रुवाबासी चलेको छ। दुर्घटनामा मृत्यु भएका ४९ जनाकै पोष्ट मार्टम हुँदैछ। अधिकाशं शव डढेका कारण पहिचान गर्न समस्या भएको शिक्षण अस्पतालका एक कर्मचारीले बताए।
शव पहिचान गर्न नसकिए डिएनए परीक्षण गरिने प्रहरीले बताएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
