मृतकका आफन्त बोकेर बंगलादेशबाट उड्यो जहाज

काठमाडौं  । सोमबार काठमाडौंमा भएको यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका आफन्त बोकेर बंगलादेशबाट जहाज काठमाडौंका लागि उडेको छ।

४६ जना आफन्त र ७ जना सरकारी अधिकारी बोकेर यूएस बंगलाको विशेष विमान हजरत सहजलाल विमानस्थलबाट काठमाडौंका लागि उडेको बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्यूनले जनाएको छ।

Advertisement

सोमबार काठमाडौंमा भएको जहाज दुर्घटनामा ५० जनाको ज्यान गएको थियो । चालक दलका सदस्यबाहेक दुर्घटनामा २१ जना बंगलादेशी नागरिकको ज्यान गएको पुष्टि भएको छ।

 

More News last news
Loading...