एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ।

काठमाडौं, फागुन २७ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ।

Advertisement

पार्टी एकता प्रक्रियामा रहेका दुई दलले संसदीय दलमा समान धारणा बनाउन आज संयुक्त बैठक बोलाएका हुन्।

संघीय संसद् भवन बानेश्वरमा बस्ने बैठकलाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै प्रतिनिधिसभामा विश्वासको मत लिन लागेकाले दुवै दलका सांसदहरुलाई पक्षमा मत व्यक्त गर्न बैठकले निर्देश गर्ने बताइएको छ।

More News last news
Loading...